fbpx

परराष्ट्र मन्त्रालयले भन्यो -‘भारतको नयाँ नक्सा नेपालले मान्दैन’

काठमाडौं २० कात्तिक । भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुभाग कालापानीसमेत गाभेर बनाएपछि नेपाल सरकारले सो नक्सा अस्वीकार्य भएको जनाएको छ ।

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारतले प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको बताएको हो ।

परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट रहेको जनाएको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने विज्ञप्तीमा उल्लेख छ । कालापानी नेपालको भुभाग भएकोमा नेपाल स्पष्ट रहेको विज्ञप्तीमा जनाइएको छ ।

परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।’ सीमासम्बन्धि विवाद सुल्झाउन दुई देशका परराष्ट्र सचिवलाई जिम्मा दिएको कुरा समेत विज्ञप्तीमा स्मरण गराइएको छ ।

Loading...