fbpx

आसामिस क्लब मोलवेलाई हराउँदै आर्मी सेमिफाइनलमा

विराटनगर २० कात्तिक । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा आर्मीले भारतको आसामिस क्लब मोलवेविरुद्ध २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

डोमालाल राजवंशी रंगाशालामा भएको उक्त खेलमा आर्मीलाई जिताउन कप्तान टेकबहादुर बुढाथोकी र दीपक गुरुङले समान एक–एक गोल गरे । आर्मीले पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको पाँचौं मिनेटमा कप्तान टेकबहादुर बुढाथोकीको गोलमा आर्मीले आसामासि क्लबविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । यस्तै दोस्रो हाफको ३४औं मिनेटमा दीपक गुरुङले गोल गरेपछि आर्मीले आफ्नो अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा मोलवेमाथि आर्मीले दबाब सिर्जना गरेको थियो । तर, दोस्रो हाफमा आर्मीको दबदबा मोलवेले कायम हुन दिएको थिएन । र, बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा मोलवेले खेलको नतिजा आर्मीलाई सुम्पियो । खेलको म्यान अफ दि म्याच आर्मीका कप्तान टेकबहादुर बुढाथोकी भएका थिए । शनिबारबाट सुरु भएको उक्त प्रतियोगितामा दुवै क्लबले आफ्नो पहिलो खेल खेलेका थिए । यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ ।

aaaaaaaaaaa

यसअघि नेपाल पुलिस क्लब र भारती टोली सिक्किम आक्रामक क्लबले फाइनलमा स्थान बनाइसको छन् । पुलिसले दोस्रो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो भने सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

अब यस प्रतियोगिताअन्तर्गत चौथो क्वार्टरफाइनल खेल बिहीबार हुनेछ, जहाँ गोर्खा ब्वाइज रुपेन्देही र चर्च ब्वाइज काठमाडौंले खेल्नेछन् । कात्तिक २५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Loading...