birat ribon

कप्तान टेकबहादुरको गोलमा मोलवेविरुद्ध आर्मीलाई अग्रता

Neuro
कप्तान टेकबहादुरको गोलमा मोलवेविरुद्ध आर्मीलाई अग्रता

विराटनगर २० कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरिहेको छ । अहिले जारी उक्त प्रतियोगितामा आर्मीले भारतको आसामिस क्लब मोलवेसँग खेलिरहेको छ ।

aaa

cura insider

डोमालाल राजवंशी रंगाशालामा जारी यस खेलको पहिलो हाफ सकिँदासम्म आर्मीले अग्रता बनाएको छ । खेलको पाँचौं मिनेटमा कप्तान टेकबहादुर बुढाथोकीको गोलमा आर्मीले आसामासि क्लबविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।

शनिबारबाट सुरु भएको उक्त प्रतियोगितामा दुवै क्लबले आफ्नो पहिलो खेल खेलिरहेका छन् । र, आजको खेलमा दुवै टोली एक–अर्काविरुद्ध जित निकाल्ने दाउमा छन् ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Moulhoi Club Assam (MEL) Vs Tribhuwan Army Club (TAC)Third Quarter Final GameLive from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa

Posted by Koshi Online on Wednesday, November 6, 2019

jackson ribon