fbpx

धनकुटामा प्रहारीद्वारा ६० हजार बोट गाँजा फडानी गरी नष्ट

धनकुटा, २० कात्तिक । धनकुटामा प्रहारीले ६० हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ । प्रहरीले धनकुटा जिल्लाको विभिन्न स्थानहरूमा लगाइएको तथा प्राकृतिक रूपमा आफैँ उम्रिएका ६० हजारभन्दा बढी गाजाका बोटहरू फडानी गरी नष्ट गरेको हो ।

aaa

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा, दंगा नियन्त्रण प्रहरी गण दुहवी र इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका–१ र ३ को सिरवानी, च्याप्रुङ, सुन्तलाबारी, चिच्चे र गुर्दुङको करिब ३६ रोपनी जग्गामा अबैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा आफैँ उम्रिएका २२ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको थियो ।

यस्तै इलाका प्रहरी कार्यालय भेडरटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–८ को खुडी, बाण्डे, खाम्चुवा, खेरेबोटे, पाखाटोल र खालिङको करिब ५ रोपनी जग्गाबाट ११ हजार ५ सय ५० गाँजाका बोट फडानी गरी नष्ट गरेको हो ।

यसैगरी प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–४, ५, ६ र ७ को खोकु, सालबोटे, पाखा, गैरी, आइतबारेका विभिन्न स्थानहरूमा भएका २६ हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको तथा प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ को गुर्धुङ, तीनतले र पाङनाङको अन्दाजी १५ रोपनी जग्गाबाट ३५ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Loading...