fbpx

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउँदै

विराटनगर, २० कात्तिक । विश्व क्रिकेटका कीर्तिमान कायम गर्न सफल भएका भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । युनिसेफले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुनका लागि आगामी नोभेम्बर १६मा सचिन नेपाल आउन लागेका हुन् ।

aa

युनिसेफको सद्भावना दूत रहेका सचिन युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने खबर लगभग पक्का भएको स्रोतले दाबी गरेको छ । यदि, सचिन आगामी नोभेम्बर १६ तारिखमा नेपाल आउन सम्भव नभएमा नोभेम्बर २० वा २२ तारिख आउने छन् ।

सचिन नेपाल आएकै दिन भारत फर्कने कार्यक्रम रहेको छ । सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई धेरै सहयोग गरेका थिए । त्यसपछि उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि आउन लागेका हुन् ।

Loading...