fbpx

फिल्म निर्माण भएको तीन वर्षपछि सुरक्षा र स्वरुपको ‘सुस्केरा’ले पायो रिलिज डेट

विराटनगर, २० कात्तिक । चर्चित अभिनेत्री सुरक्षा पन्त र अभिनेता स्वरुप पुरुष ढकालको डेब्यू फिल्म ‘सुस्केरा’ले रिलिज डेट पाएको छ । फिल्मलाई आउँदो पौष १८ गतेबाट फिल्म प्रदर्शनमा ल्याउने भनेर निर्माण टिम र वितरकबीच सहमति भएको छ ।

तीन वर्ष अगाडिनै निर्माण भएको फिल्मको विभिन्न कारणले प्रदर्शनमा आउन सकिरहेको थिएन । साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म अब भने प्रदर्शनका लागि तयार भएको छ । फिल्म प्रदर्शनमा आउन ढिलाई भए पनि प्रेमकथामा निर्माण भएको कारणले फिल्मले उठाएको विषयवस्तुमा असर नपर्ने निर्देशक भुटिया बताउँछन् । तर, अहिलेको बनिरहेका लभस्टोरी फिल्महरू भन्दा ‘सुस्केरा’ अलि अलग रहेको उनले दाबी गरे ।

पे्रम प्राप्तिको लागि युवा युवतीले गर्ने संघर्षको कथामा आधारित रहेको फिल्ममा सुरक्षा र स्वरुपका साथ मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायलगायतका कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ । एसपी ढकाल र सिके ढकालको निर्माण रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

दर्शकलाई फिल्म मनपर्ने उनको विश्वासका साथ आफ्नो डेब्यू फिल्म तीन वर्षपछि प्रदर्शन हुन लाग्दा अभिनेता स्वरुप र अभिनेत्री सुरक्षा निकै उत्साहित रहेका छन् ।

Loading...