fbpx

‘पति, पत्नी और ओ’को ट्रेलरमा कार्तिक आर्यनको यस्तो संघर्ष (भिडियोसहित)

विराटनगर, २० कात्तिक । बलिउड फिल्म ‘पति, पत्नी और ओ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको उक्त फिल्मको ट्रेलरमा अभिनेता कार्तिक आर्यनलाई कार्तिकलाई दुईवटा केटीहरूको बीचमा फस्दा गर्नु परेको संघर्षलाई देखाइएको छ ।

उक्त फिल्ममा कार्तिकबाहेक अभिनेत्री भूमि पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ । सार्वजनिक गरिएको फिल्म कमेडी शैलीमा तयार भएको छ र ट्रेलरमा कार्तिकले अनन्यासँग रोमान्स गरेका छन् । फिल्ममा कार्तिकले पतिको, पत्नीको रोलमा भुमी र ओको भूमिकामा अनन्याले निर्वाह गरेकी छिन् ।

मुदस्सर अजीजको निर्देशनमा तयार भएको फिल्ममा पत्नीको चरित्र वर्णन गर्न खोजिएको छ । अभिनेत्री भूमिका अनुसार फिल्म कमेडी कथामा आधारित रहेको र महिला र पुरुषको कथालाई समान रूपमा उठान गरेको फिल्मले अन्त्यमा गएर निकै राम्रो सन्देश दिने बताउँछिन् ।

भुशन कुमार, रेनु रवि चोप्रा, कृशन कुमारले निर्माण गरेको फिल्म आगामी ६ डिसेम्बरमा रिलिज हुने भएको छ । उक्त फिल्म सन् १९७८मा बनेको अभिनेता सन्जय कुमार, विद्या सिन्ह र रञ्जित कौर अभिनित फिल्म ‘पति, पत्नी और ओ’ को रिमेक हो ।

Loading...