fbpx

विमानस्थलमा गोविन्दाले भने, ‘अलिअलि नेपाली बुझ्छ’

काठमाडौं, २० कात्तिक । बलिउड अभिनेता गाविन्दा नेपाल आएका छन् । उनी कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन गइरहेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुनका लागि हिजो मंगलबार काठमाडौं आइपुगेका हुन् ।

aa

गोविन्दाको साथमा उनकी पत्नी सुनिता पनि आएकी छन् । गोविन्दाकी पत्नी सुनिताकी आमा काठमाडौंकी बासिन्दा हुन् । नेवार समुदायकी आमाकी छोरी सुनिता नेपाली प्रष्ट बोल्छिन् भने सुनिताका कारण गोविन्दा पनि अलिअलि नेपाली बुझ्ने भएका छन् ।

उनले विमानस्थलमा पत्रकारहरुका सामु ’अलिअलि नेपाली बुझ्छ्’ भने । गोविन्दा सबैभन्दा बढी नेपाल आउने बलिउड अभिनेता हुन् । उनी प्रत्येक वर्ष पशुपतिनाथको पूजाअर्चना गर्नका लागि नेपाल आउने गर्छन् ।

तीन दिनसम्म चल्ने उक्त चलचित्र महोत्सवमा नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुने भएका छन् ।

Loading...