fbpx

च्याम्पियन्स लिग : अपराजित यात्रा कायमै राख्ने युभेन्टसको दाउ

एजेन्सी, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब युभेन्टसले आफ्नो चौथो खेल खेल्दैछ । समूह चरणको चौथो राउण्डअन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समयअनुसार राति ११ः४० बजे नै हुने उक्त खेल मस्कोको मैदानमा हुनेछ । आजको खेलमा युभेन्टस आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा हुनेछ । किनकी, युभेनट्स च्याम्पियन्स लिगमा मात्र नभएर युरोपका शीर्ष पाँच लिगमध्येकै अपराजित टोली हो ।

उसले च्याम्पियन्स लिगमा ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । समूह ‘डी’को शीर्ष स्थानमा रहेको उसले ७ अंक बनाएको छ । यता, युभेन्टसको आजको प्रतिद्वन्द्वी क्लब लोकोमोटिभ मस्को भने सो समूहको तेस्रो स्थानको टोली हो । उसले समान ३ खेलबाट १ खेलमा जित र २ खेलमा पराजय ब्यहोर्दै ३ अंक बनाएको छ ।

सो समूहको दोस्रो स्थानमा भने स्पेनिस क्लब एथ्लेटिको मड्रिड छ । युभेन्टससँग अंक बराबरी बनाएपनि ऊ गोलान्तरको आधारमा दोस्रो स्थानमा छ । आजै हुने अर्को खेलमा एथ्लेटिकोले बायरसँग खेल्दैछ ।

आजको खेलमा मस्को युभेन्टसका अपराजित यात्रामा पूर्णविराम लगाउने दाउमा छ । यद्यपि, उसलाई युभेन्टसविरुद्ध जित निकाल्न कठिन हुनेछ, किनकी युभेन्टस स्टार खेलाडीहरूले भरिपूर्ण टोली हो । उसले मस्कोविरुद्धको टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको साथै पाउलो डेबाला, गोन्जालो हिगुइन, डग्लस कोस्टा, आरोन राम्से, डेनिलो, मिरालेम पिजानिक जस्ता खेलाडीलाई टोलीमा राखेको छ ।

aa

Loading...