fbpx

यसकारण नवजात शिशुको आँसु आउँदैन

विराटनगर, २० कात्तिक । संसारमा जन्म लिनेबित्तिकै नवजात शिशुहरू चर्को आवाजमा रुने गर्छन् । उक्त रोएको आवाज शिशुहरूको स्वास्थ्य राम्रो भएको संकेत मानिन्छ । नवजात शिशुको रुवाइ ठूलो शिशुको भन्दा धेरै फरक हुने गरेको अधिकांश मानिसहरूलाई थाहा नहुन सक्छ । ध्यान दिएर हेर्नु भएको छ भने रुँदा नवजात शिशुको आँखबाट आँसु झर्दैन ।

g

उदासिनता, पीडा, क्रोध, दुःख वा खुशी जस्ता भावनाहरूका कारण मानिसहरू रुने गर्छन् । भावनात्मक आँसुहरूले तनाव गराउने हार्मोनहरू मुक्त गर्न पनि मद्दत गर्दछन् । आँखालाई जोगाउनका लागि पनि आँखाबाट आँसुहरू उत्पन्न हुने गर्छ । नवजात शिशुको आँखालाई जोगाउन तिनीहरूलाई आँखालाई ओसिलो राख्न आवश्यक हुन्छ ।

नवजात शिशुहरूको आँसुको ग्रन्थी पूर्ण रूपमा स्थापित नभएको कारण आँसु आउँदैन । भर्खर जन्मिएको तथा जन्मिएको केही हप्ता मात्र भएको बच्चाहरूको आँसुको नली पर्याप्त रूपमा खोलिएको नहुँदा आँसु आउँदैन । आँखालाई ढाक्न र ओसिलो राख्नको लागि पर्याप्त आँसुहरू उत्पादन गर्ने गर्छ ।

तर, आँसुका थोपाहरू बन्न पर्याप्त समय लाग्ने हुँदा उनीहरूको आँखाबाट आँसु नआएको हो । तीनदेखि चार हप्तापछि बच्चाको आँसु नलीहरू बिस्तारै परिपक्व हुँदै जान्छन् र केही भावनाहरूको साथ आँसुका थोपाहरू पनि निर्माण हुने गर्छ ।

Loading...