fbpx

अपहरणकारीमाथि गोली प्रहार गरी बालकको उद्धार

पर्सा, २० कात्तिक । अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । मंगलबार राति विरगञ्ज स्थित नेपाल भारत सीमा क्षेत्रबाट अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गरेको हो । प्रहरीको गोली लागेर अपहरणकारी घाइते भएका छन् ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको  हाे ।

प्रहरीका अनुसार बालक बनेपादेखि अपहरणमा परेका थिए । १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाका अनुसार घाइते अवस्थामा पक्राउ परेका अपहरणकारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अपहरणकारीको नाम भने सार्बजनिक गरेको छैन् ।

Loading...