fbpx

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा मोलवे आसम र आर्मी भिड्ने

विराटनगर २० कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको आजको खेलमा मोलवे आसम र त्रिभूवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदै छ ।

डोमालाल राजवंशी रंगाशालामा जारी प्रतियोगितमा हिजोको खेलमा एपिएफ क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लबले जित निकालेको छ ।

योसँगै दोस्रो जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनायो । पुलिसले समूह ‘बी’को पहिलो खेलमा झापा ११ लाई पराजित गरेको थियो । समूह ‘ए’ बाट सोमबार पाहुना टोली सिक्किम आक्रामक क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । खेलको कोशी अनलाइनले लाइभ गर्ने छ ।

Loading...