fbpx

पत्रपत्रिकामा देश : ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि भारतको औपचारिक नक्शामा

विराटनगर २० कात्तिक । सन् १९६२ मा चीनसँगको लडाईपछि काली नदी तरेर पूर्वतर्फ लागेको भारतले नेपाली भूमि कालापानीमा फौज राखेको छ ।

सीमाविवाद समाधान गर्न गठन भएको परराष्ट्रसचिवस्तरको संयन्त्रको निष्कर्षसमेत नपर्खी भारतले अतिक्रमित भूमिलाईपनि गाभेर नक्शा निकालेको हो । नयाँ पत्रिकामा यो सामाचार ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि अब औपचारिक रुपमै भारतीय नक्शामा शिर्षकमा मुख्य समाचार छापिएको छ । चार वर्षअघि चीनको राजधानी बेइजिङमा नेपाली भूमिमाथि सम्झौता गरेका थिए ।

नापी विभागका निर्देशक कमल घिमिरेले त्यो सीमा नक्सा नभएको र भारतको आन्तरिक नक्शा भएको बताएका छन् । सीमा छुट्याउन बाउन्ड्री प्रोटोकल मिलाउनु पर्ने भन्दै उनले भारतले एकोहोरो रुपमा त्यस्तो नक्शा बनाउन नपाउने बताए । लिपुलेक रणनैतिक रुपले महत्वपूर्ण भएको कारण भारतले सो क्षेत्रमा कब्जा जामाएको हो ।

नागरिक दैनिकमा अदालतमा आलमको बयान सुरु शिर्षकमा मुख्य समाचार छ । राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मंगलबारदेखि अदालतमा बयान लिन सुरु गरिएको छ । मंगलबार(हिजो)को बयानमा परिचयमात्रै भएपछि आज सबा १० बजेलाई फेरी बोलाइएको छ ।

मिलोमतोमा भ्रष्टाचार, बिचौलियासँग धान किन्छ संस्थान शिर्षकमा नागरिक दैनिकमै अर्काे खबर छ । नेपाल खाद्य संस्थानले किसानसँग धान खरिद नगरि महँगो मूल्यमा बिचौलियासँग किन्ने गरेको छ । धान खरिदमा बिचौलिया र संस्थानका कर्मचारीको मिलोमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्दको विस्तृत अध्ययनले देखाएको छ । बिचौलियालाई धान किन्न करिब ४ महिना समय दिने गरेको प्रतिवेदनमा उल्लेख छ । पहिले दलाले किसानबाट धान खरिद गर्ने र पछि सोही धान संस्थानलाई बेच्ने गरेको पाइएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यः चाहिएका बेला मात्रै डायलसिस शिर्षकमा कान्तिपुर दैनिकमा मुख्यपृष्ठमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओली को स्वास्थ्य अवस्था स्थिर रहेको कारण तेश्रो पटक डायलसिस गर्नु नपरेको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्नहरुले प्रधानमन्त्रीको स्वास्थ्य ठिकठाक रहेको बताएका छन् । दुई पटक डायलसिस गरेपछि अर्काे पटक गर्नु पर्ने अवस्था नभएको प्रधानमन्त्रीका निजी चिकित्सक दिलीप शर्माले बताए ।

Loading...