fbpx

च्याम्पियन्स लिग : आज आठ खेल हुँदै, युभेन्टस, पीएसजी, रियल पनि प्रतिस्पर्धामा (सम्पूर्ण जानकारी)

विराटनगर, २० कात्तिक । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज ८ खेल हुँदैछन् । समूह चरणको चौथो राउण्डअन्तर्गत आज १६ वटा टोली प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

आज हुने खेलमा साबिकको उपविजेता टोटनह्याम हटस्परका साथै इटालियन क्लब युभेन्टस, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनिस क्लबद्वय रियल मड्रिड र एथ्लेटिको मड्रिड, इंग्लिस क्लब म्यानचेष्टर सिटी, जर्मन क्लब बायर्न म्यूनिखजस्ता बलिया टोलीले प्रतिस्पर्धा गर्दैपछन् ।

aahggfh

आजको पहिलो खेलमा बायर्नले ओलम्पियाकससँग खेल्दैछ । नेपाली समयअनुसार राति ११ः४० बजेबाट हुने उक्त खेल बायर्नकै मैदानमा हुनेछ । यस्तै दोस्रो खेलमा इटालियन क्लब युभेन्टसले लोकोमोटिभ मस्कोसँग खेल्नेछ । राति ११ः४० बजे नै हुने उक्त खेल मस्कोको मैदानमा हुनेछ ।

तेस्रो खेलमा साबिकको उपविजेता टोटनह्याम प्रतिस्पर्धामा छ । उसले क्रेभेना ज्भेज्दासँग प्रतिस्पर्धा गर्दैछ । राति १ः४५ बजेबाट हुने उक्त खेल ज्भेज्दाकै मैदानमा हुनेछ । यस्तै स्पेनिस क्लब एथ्लेटिको मड्रिडले बायरसँग खेल्दैछ । १ः४५ बजेबाट हुने उक्त खेल बायरको मैदानमा हुनेछ ।

फ्रेन्च क्लब पीएसजीले राति १ः४५ बजेबाटै हुने अर्को खेलमा क्लब बर्गसँग खेल्दैछ । यो खेल पीएसजीकै मैदानमा हुनेछ । इंग्लिस क्लब म्यानचेष्टर सिटी र अटलान्टा पनि आज हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् । राति १ः४५ बजेबाटै हुने सो खल अटलान्टाकै मैदानमा हुनेछ ।

सोही समय हुने अर्को खेलमा डाइनामो जाग्रेब र शक्तर डोनेस्कले खेल्नेछन् । आजको अन्तिम खेलमा भने स्पेनिस क्लब रियल मड्रिडले गालातासरेसँग खेल्नेछ । रियलकै घरेलु मैदानमा हुने यो खेल पनि राति १ः४५ बजे नै सुरु हुनेछ ।

Loading...