fbpx

च्याम्पियन्स लिग : सहज जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

विराटनगर, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा साबिकको विजेता लिभरपुलले सहज जित निकालको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कविरुद्ध २–१ गोलको जित निकालेको हो ।

aaa

लिभरपुलकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन जर्जिनियो विज्नाडम र एलेक्स ओक्लडे–च्याम्बरलेइनले समान एक–एक गोल गरेका थिए । यता, पाहुना टोली जेन्का लागि एम्बना समट्टाले एक गोल गरे ।

लिभरपुलले खेलको १४औं मिनेटदेखि सुरुआती अग्रता बनाएको थियो । विज्नाडमको उक्त गोलमा लिभरपुलले सुरुआती अग्रता बनाएको हो । तर, खेलको ४०औं मिनेटमा समट्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

ss

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा लिभरपुलले एक गोल थप्यो । उसका लागि ओक्लडे–च्याम्बरलेइनले खेलको ५३औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता बनाएका थिए । त्यसपछि बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले सो खेल २–१ गोलले जित्यो ।

यस जितसँगै लिभरपुल समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ । उसले ९ अंक बनाएको छ । यता, पराजित जेन्क भने १ अंकसहित उक्त समूहको पुछारमा छ । सो समूहको दोस्रो स्थानमा नापोली छ भने तेस्रोमा साल्जबर्ग छ ।

Loading...