birat ribon

भारतको नयाँ नक्साप्रति सरकारलाई गम्भीर हुन कांग्रेसको आग्रह

Neuro
भारतको नयाँ नक्साप्रति सरकारलाई गम्भीर हुन कांग्रेसको आग्रह

काठमाडौं १९ कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ राजनैतिक नक्साप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ फेसबुक र ट्विटरमा सरकारको धारणा माग गर्दै गम्भीर पहलकदमीको लागि ध्यानाकर्षण गराएका छन् ।

cura insider

उनले फेसबुक पोष्टमा नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य रहेको उल्लेख गरेका छन् । दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शर्माले कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको उल्लेख गरेका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेको छ । भारतले पटक पटक सो क्षेत्रलाई भारतीय भुभाग भएको दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा राज्यमा विभाजन गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो । सो नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई पनि समावेश गरेपछि छ ।

यसको विरोधमा राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी लगायतले विज्ञप्ती निकाल्दै भारत सरकारको यो कदमको विरोध गरेका छन् ।
यस्तै नयाँ नक्सामा भारतले पाकिस्तानको भूभाग पनि समेटेको भन्दै पाकिस्तानले पनि विरोध जनाएको छ । पाकिस्तान नियन्त्रित कश्मीरका विभिन्न स्थान कश्मीर र लद्दाखमा समावेश गरेपछि पाकिस्तानले अस्वीकार गर्ने बताउँदै आएको छ ।

jackson ribon