birat ribon

डाक्टर विदामा गएपछि ११ दिन सुरक्षित मातृत्व सेवा बन्द

Neuro
डाक्टर विदामा गएपछि ११ दिन सुरक्षित मातृत्व सेवा बन्द

संखुवासभा १९ कात्तिक । भएका दुई चिकित्सक नै एक पटक विदामा गएपछि बन्द रहेको जिल्ला अस्पतालमा खाँदबारीको प्रसूती सेवा मंगलबारदेखि सुरु भएको छ ।

cura insider

सुरक्षित मातृत्व सेवामा नियुक्त भएका दुई चिकित्सक एकपटक घर विदामा गएपछि ११ दिनदेखि सो सेवा बन्द भएको थियो । डाक्टर आएपछि अवरुद्ध प्रसूति सेवा मंगलबारबाट सूचारु भएको अस्पतालका कर्मचारी दिपेश श्रेष्ठले बताए ।
अस्पताल प्रशासनले पटक पटक दुबै चिकित्सकलाई विदा दिँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् । जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा गत कात्तिक ८ गतेदेखि बन्द भएको थियो ।

चिकित्सक नहुँदा प्रसूति सेवा गराउन आउने सेवाग्राही लाखौं रुपैयाँ खर्च गरेर धरान, विराटनगरसम्म प्रसूती गराउन ल्याउन बाध्य हुने गरेका छन् । खाँदबारी अस्पतालमा दैनिक ५ जना भन्दा बढी प्रसूति सेवाको लागि पुग्ने गरेका छन् । निक साइमन संस्थाले सुरक्षित मातृत्व सेवाका लागि दुई जना चिकित्सक उपलब्ध गराएको हो । नियम अनुसार चिकित्सक विदा बस्नु अघि निक साइमनले अर्को चिकित्सक व्यवस्था गर्ने भएपनि हरेक महिनामा दुई मात्र विदा दिने गरेको छ । तर चिकित्सकहरु भने लामो विदा बस्ने हुँदा सेवा बन्द हुने गरेको हो ।
अस्पतालमा डाक्टर अशोक चौधरी र डाक्टर अनामिका मिश्र सुरक्षित मातृत्व सेवाको लागि नियुक्त भएका छन् । अस्पतालमा संखुवासभा, भोजपुरका २ स्थानीय तह र धनकुटाबाट समेत सेवाग्राही पुग्ने गरेका छन् ।

jackson ribon