fbpx

एमआई नोट १० मा १ सय ८ मेगापिक्सलको क्यामरा

विराटनगर १९ कात्तिक । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले लन्च गर्न लागेको एमआई नोट १० विश्वमै पहिलो पटक १ सय ८ मेगापिक्सल पेन्टा क्यामरा भएको फोन हुने भएको छ ।

शाओमीले फोनको टिजर जारी गर्दै यस्तो मोवाइलको फिचरका विषयमा जानकारी दिएको छ । १४ नोभेम्बरमा एमआई १० मोडलको मोवाइल पोल्याण्डमा लन्च गर्ने कम्पनीले जनाएको छ । यो मोवाइल एमआई सिसि ९ प्रो लन्च भएपछि सार्वजनिक गर्न लागेको हो ।

मंगलबार यो मोडलको फोन चीनमा लन्च भएको छ । यसमा पनि १ सय ८ मेगापिक्सलको प्राइमरी रियर क्यामरा राखिएको छ । आज नै शाओमीको स्मार्थ वाचपनि सार्वजनिक भएको छ । एमआई नोट १० र एमआई सीसी ९ प्रोको धेरै फिचर उस्तै छन् ।

एमआई सीसी प्रो ९ मा १ सय ८ मेगापिक्सलको क्यामेरासहित १३ मेगापिक्सलको वाइड एंगल लेन्स र ८ मेगापिक्सलको टेलिफोटो लेन्स छ । यसमा क्वालकम स्न्यापड्रागन ७३०जी प्रोसेसर रहेको छ । यो प्रोसेसर ओप्पो रेनो २ मा पनि रहेको छ ।

Loading...