birat ribon

सांसद आलमको बयान सकिएन्, भोलीको लागि बोलाइयो

Neuro
सांसद आलमको बयान सकिएन्, भोलीको लागि बोलाइयो

रौतहट १९ कात्तिक । इँटाभट्टामा जलाएर मान्छे मारेको आरोपमा पक्राउ परेका रौटहटका सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको बयान नसकिएपछि भोली (बुधबार) पनि बयान लिइने भएको छ ।

cura insider

रौतहटको राजपुरमा इँटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको आरोपमा पक्राउ परेका आलमलाई आज (मंगलबार) साढे ४ बजेसम्म जिल्ला अदातल रौतहटले आलमको बयान लिदैछ । बुधबार १० बजे बयानका लागि बोलाइएको रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार गुणराज पराजुलीले बताए ।

बयानका लागि अदालत लगेपछि आलमलाई काउन्सिलिङका लागि कानुन व्यवसायीले समय मागेको कारण केहीबेर बयान रोकिएको थियो । आरोपित आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरूले सरकारी वकिल कार्यालयले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनुपर्ने माग र आलमलाई काउन्सिलिङका लागि केही बेर समय दिन माग गरेपछि बयान रोकिएको हो। आलमको न्यायाधीश दीपक ढकालको इजलासमा बयान लिइदैछ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा अभियोगमा मुद्दा दायर गरिएको छ । बयान सकिएपछि थुनछेकको बहस हुनेछ। त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिनेछ। आलमलाई कारबाही माग गर्दै बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थी, महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्यायाधिवक्ता रुद्र पन्थी र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्ने छन् ।

आलमका तर्फबाट मात्रै करिब २७ जनाले वकालत नामा लिएका छन् । पहिलो संविधानसभाको निर्वाचनको बेलामा २०६४ चैत्र २६ गते बम बनाउदा बनाउँदै विष्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको हो।

jackson ribon