fbpx

आफैलाई महान ठान्नुको यस्तो छ फाइदा

विराटनगर १९ कात्तिक । कतिपयको फेसबुक वा इन्स्टाग्रामको डिपीमा आफैलाई लव रियाक्सन दिएको अनि कसैले आई लभ माई सेल्फ भन्दै सुतेको अनि उठेको हाल्दा अचम्म लाग्न सक्छ । कहिलेकाँही तपाईले सोच्नुपनि हुन्छ होला, यस्तो कसरी गर्न सकिन्छ ?

तर यस्तो गर्न सक्नेहरु भने आफ्नो जिन्दगीमा निक्कै खुसी रहेको बुझ्न सकिन्छ । यस्ता प्रकृतिका मान्छेहरु हरदम आफैमा रमाइरहेका हुन्छन् । मनोवैज्ञानिकहरुको भनाईमा जसले आफूलाई धेरै माया गर्छ वा आफू महान छु भन्ने सम्झन्छ त्यो व्यक्ति अन्यको तुलनामा धेरै नै खुसी भइरहेको हुन्छ । आफैसँग मोहित हुने व्यक्तिहरु आफूलाई नै महान र सबै भन्दा उत्तम रहेको भ्रममा बाचेका हुन्छन् ।

उनीहरु आफूलाई नै धेरै केन्द्रविन्दुमा राख्ने गर्छन् । र आकर्षणको केन्द्र बन्न कोसिस गरिरहेका हुन्छन् । उत्तरी आयरल्याण्डको क्वीन्स युनिभर्सिटीका मनोवैज्ञानिकहरुले गरेको शोधमा यस्ता व्यक्तिहरु डिप्रेसन र तनावको सिकार हुँदैनन् । तर यिनीहरुको रवैया भने अरुलाई दिक्क लाग्ने खालको हुन सक्छ । अरु उनिहरुको कारण तनावमा भएपनि यस्ता व्यक्तिहरुले खासै ध्यान भने दिदैनन् ।

यो शोधको अगुवाई गरेका मनोवैज्ञानिक डाक्टर कोस्टास प्यापोजर्ज आफैँमा रमाउने र आफूलाई महान ठान्नेहरुले विशेष किसिमको फाइदा पाउने गरेको बताउँछन् । अहिलेको समयमा समाजको हरेक क्षेत्रमा यसरी आफैमा रमाउनेहरुको संख्या बढ्दै गएको पनि अनुसन्धानले देखाएको छ । आफूलाई महान ठान्नेहरु कममात्रामा पछुताउने गर्दछन् ।

उनीहरु धेरै घमण्ड गर्ने, अरु भन्दा राम्रो ठान्ने र बढी आत्मविश्वासी भएको कारण अरुको दुख कम मात्रा मा बुझ्ने गर्छन् । यही कारण यस्ता व्यक्तिलाई लाज र पश्चताप पनि कम हुने गर्छ । यस्ता व्यक्तिालाई पर्सनालिटी डिसअडरकै रुपमा हेरेपनि अध्यययनले भने यस्ता व्यक्ति नै जिन्दगीमा धेरैमात्रा सफल हुने देखाएको छ । यस्ता व्यक्ति मानसिक रुपमा मजबुद हुने भएका कारण कम मात्रामा निरास हुने र चाडै नै आफूलाई विश्वास गरि मेहनत गर्ने भएको कारण सफलता पाउने गर्छन् ।

तर डाक्टर कोस्टासले यस्ता व्यक्तिहरुले अन्यबाट भने असुरक्षित रहेको सोच्ने गरेको समेत बताए । आफू असुरक्षामा रहेको भावना आउने भएपनि अपेक्षाकृत रुपमा सामान्य व्यक्ति भन्दा यस्ता व्यक्ति नै सफल हुने उनको भनाई छ ।

Loading...