fbpx

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : पहिलो हाफमा पुलिसविरुद्ध एपीएफको अग्रता

विर्तामोड १९ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा अहिले विभागीयद्वय टोली नेपाल पुलिस र सशत्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो क्वार्टरफाइनलअन्तर्गतको उक्त खेलको पहिलो हाफमा एपीएफले अग्रता बनाएको छ ।

aa

झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा एपीएफका लागि रमेश दंगालको गोलमा एपीएफले अग्रता बनाएको हो । रमेशले खेलको २९औं मिनेटमा हेडिङमार्फत् गोल गरेका थिए ।

समूह ‘बी’को पहिलो खेलमा झापा ११ लाई पराजित गरेको नेपाल पुलिस क्लब र एपिएफबीचको बिजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह ‘ए’ बाट सोमबार पाहुना टोली सिक्किम आक्रामक क्लब सेमिफाइनल प्रवेश गरेको थियो ।

Loading...