fbpx

बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एक युवकको ज्यान गयो

ओखलढुङगा, कात्तिक । ओखलढुङगामा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको हो ।

सोमवार दिउँसो २ बजेको समयमा स्थानीय थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । घाइतेलाई उपचारको लागी काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका सुनुवारलाई पक्राउ गरेको छ । उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ भने घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Loading...