fbpx

गम्भीर चोट बोकेका सहकर्मी गोमेजलाई रोनाल्डोको यस्तो सन्देश

एजेन्सी, १९ कात्तिक । पोुर्चगिज स्टार क्रिष्टियानो रोनाल्डोले आफ्ना सहकर्मी आन्द्रे गोमेजलाई सन्देश पठाएका छन् । अघिल्लो दिन सामाजिक इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै युभेन्टसका स्टार रोनाल्डोले एभर्टनका गोमेजलाई सन्देश पठाएका हुन् ।

aa

गोमेज प्रिमियर लिगअन्तर्गत टोटनह्यामसँगको खेलका क्रममा घाइते हुन पुगेका थिए । १–१ गोलको बराबरीमा सकिएको उक्त खेलको ७७औं मिनेटमा घाइते भएको उनलाई गम्भीर चोट लागेको छ । दायाँ खुट्टाको जोर्नीमा डरलाग्दो चोट देखिएका उनी सम्भवतः १ वर्ष मैदानबाहिर बस्नुपर्ने बताइएको छ । यद्यपि, उनको उपचार भइरहेको छ ।

पोर्चुगलका गोमेजलाई रोनाल्डोले सन्देशमा शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका छन् । उनले चोटबाट चाँडै मुक्त हुन र बलियो बनेर मैदान फर्किन भन्दै लेखेका छन्, ‘शीघ्र स्वास्थ्य लाभको कामना गोमेज, चाँडै चोटमुक्त भइ अझै बलियो बनेर आउ । तिमीलाई न्यानो अंगालो ।’

Loading...