fbpx

लिटल कोशीको उपाधि आस्था र क्रिसलाई

विराटनगर, १९ कात्तिक । मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि धनकुटाका १४ वर्षीय क्रिस चेम्जुङ र इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारीले जितेका छन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा अस्थाले मिस र क्रिसले मिस्टरतर्फको विजेता घोषित भएका हुन् ।

aa

मिसतर्फको फर्स्ट रनरअप विराटनगरकी ७ वर्षीया अग्रिम खतिवडा हुँदा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षीया सृष्टि श्रेष्ठ घोषित भइन् । इनरुवाकी १५ वर्षीय एलिना गुरुङ प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ बनिन् भने सर्वोत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । विजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफी प्राप्त गरेका थिए ।

यता, मिस्टरतर्फ भने इनरुवाका १३ वर्षीय आर्यन कर्ण फर्स्ट रनरअपर हुँदा सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षीय समय सुब्बा घोषित् भए । प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीकी विजेता रेखा कार्की, मिसेस कोशीकी विजेता रेनुका लिम्बू र व्यवसायी रोशन घिमिरे रहेका थिए ।

नेपाली कांग्रेसका सचेतक केदार कार्कीको प्रमुख अतिथिमा उक्त कार्यक्रम भएको थियो । प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगिहरूले प्रतिस्पर्धा गरेको जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।

Loading...