fbpx

मानिसको मनलाई शान्त पार्नका लागि बालिन्छ धूप

विराटनगर, १९ कात्तिक । घर तथा मठमन्दिरमा पूजा गर्दा, बत्ति वा धूप बाल्ने गरिन्छ । कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ । सधैँ तथा दिनभरि बालिने धूप आखिर किन बालिन्छ भनेर पक्कै पनि विचार त आएको होला ।

खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिने विभिन्न शास्त्र तथा अनुसन्धानहरूले समेत पुस्टि गर्दै आएको छ । दैनिक बालिने धूपको धूँवाले वातावरणलाई पवित्र र शुद्ध राख्ने काम गरिरहेको हुन्छ । साथै धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्न सक्ने क्षमता पनि राख्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको देखिन्छ ।

प्राकृतिक तबरहरूले बनाइएका धूपहरू बाल्दा स्वास्थ्यको लागिसमेत लाभदायक हुन्छ । प्राकृतिक चिकित्सामा उल्लेख गरिएअनुसार हल्का र मीठो खालको सुगन्ध भएको धूपले मानिसको सुघ्ने क्षमता, स्वासप्रस्वासमा राम्रो असर पु¥याएर चित्तलाई शान्त गर्न मद्दत गर्छ ।

त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा धेरै गरिन्छ । कतिपय अस्पतालहरूले पनि धूप बाल्ने गरेको देखिन्छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ । तर, आजकल बजारमा पाइने अगरबत्तिमा भने अनेकौं केमिकल मिसाउन थालिएको छ । यसले भने उल्टै शरीरलाई हानी पु¥याउने देखिन्छ ।

Loading...