fbpx

७ आतंकवादी नेपालको बाटो हुँदै भारत छिरेको भारतीय मिडियाको दावी

एजेन्सी, १९ कात्तिक । भारतीय गुप्तचर निकायले सात आतंकवादी नेपालको बाटो हुँदै भारत छिरेको दाबी गरेका छन् । भारतीय सञ्चारमाध्यमले भारतीय गुप्तचरलाई उदृत गर्दै ७ आतंकवादी नेपाली भूमि हुँदै भारतको उत्तर प्रदेश राज्यमा प्रवेश गरेको समाचार प्रकाशन गरेका हुन् ।

भारतीय मिडिया आजतकले गुप्तचर निकायले सात आतंकवादी हालै नेपालको बाटो हुँदै भारततर्फ प्रवेश गरेको सूचना दिएको जनाएको छ । नेपाली भूमि हुँदै भारत प्रवेश गरेकामध्ये पाँच जनाको पहिचान भइसकेको आजतकको दाबी छ ।

पहिचान भएकाहरूमा अबु हमजा, मोहम्मद याकुब, निसार अहमद, मोहम्मद शाहबाज र मोहम्मद कौमी चौधरी रहेका छन् । समाचारमा उनीहरू अयोध्या वा गोरखपुरमा लुकेर बसेको आशंका गरिएको जनाइएको छ । खबरका अनुसार उत्तर प्रदेशकै अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदसम्बन्धी विवादमा अदालतले फैसला सुनाउने दिन नजिकिँदै गर्दा आतंकवादी हमलाको खतरा बढेको हो ।

Loading...