fbpx

भिनिसियसको खुलासा : मैले बार्सिलोनाको प्रस्ताव अस्वीकार गर्दै रियललाई रोजेँ

एजेन्सी, १९ कात्तिक । स्पेनिस क्लब रियल मड्रिडका युवा स्टार भिनिसियस जुनियरले आफूलाई बार्सिलोनाले पनि अफर गरेको खुलासा गरेका छन् । स्पेनिस मिडिया ‘एएस’सँगको कुराकानीका क्रममा १९ वर्षीय भिनिसियसले बार्सिलोनाको अफर हुँदाहुँदै पनि आफूले रियल मड्रिडलाई रोजेको खुलासा गरेका हुन् ।

ब्राजिलका युवा स्टार भिनिसियसले सन् २०१७ मा रियलसँग सम्झौता गरेका थिए । १८ वर्ष पुगेपछि उनले २०१८ देखि मात्र उनले बर्नाबेउबाट खेल्न थाले । अहिले रियलबाट खेल खेलिरहेका उनले आफूलाई बार्सिलोनाले पनि अफर गरेको खुलासा गरे । उनले भने, ‘मलाई रियल र बार्सिलोना दुवैबाट प्रस्ताव आयो । मेरो बुबाले मलाई एउटा रोज्न भन्नुभयो र मैले मेरो हृदयको कुरा सुनेँ र रियललाई रोजेँ ।’

aa

‘यो एकदमै अविश्वसनीय छ’, उनले थपे, ‘ब्राजिलमा यस्तो लागेको थिएन तर मैले रियललाई रोजेको दिन एक विशेष दिन जस्तो लाग्यो । त्यो एकदमै नर्भस दिन थियो किनकी मलाई स्पेनिस बोल्नु थियो तर, अहिलेसम्म स्पेनिस पढेको थिइँन । यद्यपि, ‘म धेरै खुशी थिएँ किनकी त्यो मेरो जीवनको सबैभन्दा खुशीको दिन थियो ।’

यस्तै उनले आफ्ना देशका दुई स्टार क्यासेमिरो र मार्सेलोले धेरै सहयोग गरेको बताए । उनले भने, ‘मार्सेलो र क्यासेमिरोले मलाई धेरै सहयोग गरेका छन् । उनीहरूले मलाई मैदानभित्र के–के गर्ने भन्ने विषयमा सुझाव दिइरहन्छन् ।’

‘मेरो परिवार मेरा लागि सबैथोक हुन्,’ उनले थपे, ‘उनीहरूले मलाई खुशी बनाउका लागि सबै गरेका छन् । यदि, मैले राम्ररी फुटबल खेलेँ भने आफूलाई लामो समयसम्म रियलमै रहेको देख्न पाउँछु, जसले सबैकुरा जितेको होस् ।’

Loading...