fbpx

च्याम्पियन्स लिग : घरेलु मैदानमा लिभरपुलले जेन्कसँग खेल्ने, नापोली पनि प्रतिस्पर्धामा

एजेन्सी, १९ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा साबिकको विजेता लिभरपुलले बेल्जियन क्लब जेन्कसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कसँग खेल्दैछ ।

aa

यी दुईबीचको खेल लिभरपुलकै घरेलु मैदानमा हुनेछ । समूह ‘ई’ मा लिभरपुल दोस्रो स्थानमा रहँदा जेन्क पुछारमा छ । समूह चरणको चौथो राउण्डको खेलअन्तर्गत लिभरपुलले जेन्कसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह ‘इ’ मा रहेको लिभरपुल आज शीर्ष स्थानमा उक्लने दाउमा छ ।

६ अंकसहित उक्त समूहको दोस्रो स्थानमा रहेको उसले जेन्कलाई हराए शीर्ष स्थानमा उक्लने छ । तर, सो समूहको शीर्ष स्थानमा रहेको नापोली पनि प्रतिस्पर्धामा रहेका कारण उसलाई शीर्ष स्थानमा पुग्न नापोलीको हार आवश्यकता पर्छ । शीर्ष स्थानको नापोलीसँग ७ अंक छ । नापोलीले आजै हुने अर्को खेलमा साल्जबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

यता, जेन्क भने एक अंकसहित सो समूहको पुछारमा छ । ऊ आजको खेलमा डिफेन्डिङ च्याम्पियनलाई हराउँदै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

Loading...