fbpx

ससुराली जाँदै गरेका एक युवकलाई नदीले बगायो

उदयपुर, १९ कात्तिक । ससुराली जाँदै गरेका एक युवक नदीले बगाएर बेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका–६ घर भएका सुवास बिक त्रियुगा नदीले बगाएर बेपत्ता भएका हुन् ।

सोमबार बेलुका पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढामा रहेको आफ्नो ससुराली घर जाँदैगर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर ४० वर्षीय बिक बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बेपत्ता बिकको स्थानीयवासीहरूको समेत सहयोगमा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Loading...