fbpx

प्रदेश प्रमुखलाई दुई वर्ष काम गर्न दियौं : प्रचण्ड

काठमाडौं, १९ कात्तिक । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई दुई वर्षसम्म काम गर्न दिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बताएका छन् ।

‘हाम्रो सरकार उदार र लचिलो भएको उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो,’ बाँकेमा आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’

प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रूपमा काम गर्नुपर्ने बताउँदै उनले सरकार परिवर्तन हुँदा प्रदेश प्रमुख फेरिने सामान्य प्रचलन रहेको बताए । नेकपाले भने अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई काम गर्न दिएको उनको भनाइ छ ।

उनले सत्ता साझेदार दल उपेन्द्र यादवसँग छलफल गरेर नै यो निर्णय लिइएको बताए । माधव नेपालको नोट अफ डिसेन्ट भने सामान्य भएको उनको भनाई थियो । ‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो,’ उनले भने, ‘तर नाम नपरेपछि उहाँले नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो ।’

Loading...