fbpx

सातै प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं, १९ कात्तिक । सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार बिहान एक समारोहबीच सातै प्रदेशका प्रमुखरूले शपद लिएका हुन् ।

aa

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सातै प्रदेशका प्रमुखहरूले पद तथा गोपनियताको सपथ लिएका हुन् । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवि भण्डारीले आज सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा १ सय ६३ को उपधारा (२) अनुसार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नियुक्तिको लागि नाम राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्त भए भने तिलक परियार प्रदेश २ मा, झापाका विष्णु प्रसाईं प्रदेश ३ मा,अमिक शेरचन गण्डकी प्रदेशमा, धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

Loading...