fbpx

उम्लेको चियापत्तिलाई नफ्याकौं, यसरी गरौँ प्रयोग

विराटनगर, १९ कात्तिक । बिहान उठ्नेबित्तिकै मानिसहरूले आफ्नो दिनको सुरुआत तातो चियाबाटै गर्ने गर्छन् । चिया पिउन समय नचाहिने भएकाले कोही बिहान तथा दिउँसो चिया पिउने गर्छन् । मानिसहरूले धेरैजसो कालो चिया, दूध हालेको चिया, अधुवा चिया वा ग्रीनटीको प्रयोग गर्ने गर्छौं ।

कुनै उपयोग नहुने भन्दै चिया बनाएपछि प्रायः मानिसले चियापत्ति फ्याक्ने गरेको देखिन्छ । तर, धेरै मानिसहरूलाई थाहा नभएको हुन सक्छ उम्लेको चियापत्तिलाई फेरि पनि विभिन्न कामहरूका लागि प्रयोग गर्न सकिन्छ । चियाको पत्तिमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्नुका साथै यसका घरमा अन्य उपयोगहरू पनि रहेका छन् ।

चियापत्तिमा घाउ सुकाउने तत्त्वहरू हुन्छन् । चियापत्तिलाई उमालेर त्यसको लेप बनाएर घाउमा लगाउने गर्दा घाउ छिट्टै निको हुन्छ । साथै चियापत्ति उमालेको पानीले घाउ धुनुभयो भने पनि घाउ छिट्टै निको हुन्छ । उमालिरहेको काबुली चनामा अलिकति उम्लेको चियापत्ति हाल्दा चनाको रंग गाढा हुन जान्छ ।

बिरुवालाई पानीका साथसाथै समय समयमा खाद पनि आवश्यक हुन्छ । उमालेको चियापत्ति बिरुवाको खादका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बाँकी रहेको चियापत्तिलाई गमला तथा केही रोपेको ठाउँमा हाल्ने गर्दा बिरुवा स्वस्थ रहनुका साथै छिट्टै पनि बढ्ने गर्छन् । चियापत्तिले सीसा सफा गर्न तथा फर्निचर सफा गर्न पनि प्रयोग गर्न सकिन्छ । चियापत्ती उमालेको पानीलाई चिसो बनाइ छानेर उक्त पानीलाई स्प्रेको बोतलमा हालेर राख्नुहोस् । उक्त स्प्रेले सीसा तथा फर्निचरको सफाइ गर्दा चम्किन्छ ।

Loading...