fbpx

मृत्यू भइसकेका मानिसलाई सपनामा देख्नुकाे कारण यस्तो

कहिलेकाही मरेको मान्छेहरू सपनामा देख्छौ । प्राय मानिसले बेला बेला मरेका मान्छेलाई सपनामा देख्छन् । सपनामा मरेको मान्छेहरू किन आउछन् ?
यो विषय सबैका लागि अनौठो रहस्यमय हुने गर्छ । मनोवैज्ञानिकका अनुसार सपनाहरूमा विशेष सन्देशहरू लुकेका हुन्छन् ।

सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन समेत गर्न सक्छन् । सपनामा आउने मरेको व्यक्तिले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । उनीहरू इशारा र हाउभाउबाट आफ्नो कुरा बताउने गर्छन् ।

सपनामा देखा पर्ने मरेका मानिसहरूले निर्देशन वा आश्वासन समेत दिने गर्छन् । सपनामा आएका मरेका व्यक्तिहरूले भविष्यमा पछि गएर हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउन सक्छ ।

सपना देख्ने मान्छेलाई सपनामा देखा पर्ने मरेको व्यक्तिको अनुहार तेजिलो, स्वास्थ्य देख्नुका साथै उनीहरू आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिलाउदै सपना देख्ने मानिसलाई पनि खुशी भएर बस्ने संकेत दिन्छन् ।

सपनामा आउने मरेका व्यक्तिहरूले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान दिनका लागि र जीवनका महत्वपूर्ण फैसलामा निर्देशन दिनका लागि पनि आउने गर्छन् ।

भौतिक शरीर छोडेर जाने मानिसहरू हाम्रो सपनामा आउने गरेको अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि नै सपनामा देखापर्छन् । हामीले उनीहरूको इशारा मात्र बुझ्न सक्नु पर्छ ।

यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्ने गर्छ । यस्ता सपनाले दुःखबाट मुक्ति पाउन मद्दत गर्नुका साथै जीवनमै परिवर्तन समेत ल्याउन सक्ने हुन्छ ।

सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको महसुस गरेको सोच्छ भने कहिलेकाहीँ निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कन सक्ने हुँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म समेत रहन सक्छ ।

Loading...