fbpx

कोशीटप्पु आरक्षको निगरानी ड्रोन क्यामराबाट

इटहरी, १९ कात्तिक । कोशी टप्पु वन्यजन्तु आरक्षको निगरानीका लागि ड्रोन  क्यामरा प्रयोग गरिने भएको छ । सुनसरी र सप्तरी र उदपयुरमा रहेको आरक्षको निगरानीका लागि दैनिक रुपमा ड्रोनको प्रयोग गरिने भएको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार निगरानीका लागि प्रयोग हुने ड्रोन आरक्षमा आइपुगेको छ । केही दिन भित्र ड्रोनबाट निगरानी सुरु गरिने उनले बताए ।

अर्ना संरक्षणको हुँदै आएको आरक्षमा देश तथा विदेशबाट पर्यटकहरु आउने गर्छन् । प्रदेश १ को हात्ती सफारीको गन्तब्यको रुपमा रहेको आरक्षमा जंगली हात्ती र अन्य जनवारको निगरानीका लागि ड्रोन प्रयोग गर्न लागिएको हो । ड्रोन प्रयोग पछि जंगली जनवारको संरक्षण र क्षति कम गर्न सकिने बताइएको छ ।

Loading...