birat ribon

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : विभागीय टोली एपिएफ र पुलिसकाे खेल आज

Neuro
अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : विभागीय टोली एपिएफ र पुलिसकाे खेल आज

विर्तामोड १९ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा आज विभागिय टोली नेपाल पुलिस र सशत्र प्रहरी बलको एपिएफ क्लब भिड्दै छन् । झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा विभागिय टोलीबीचकाे खेल आज दिउँसाे  तीन बजे सुरूहुनेछ ।

समुह ‘बी’काे पहिलो खेलमा झापा ११ लाई पराजित गरेको नेपाल पुलिस क्लब र एपिएफबीचको बिजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । समुह ‘ए’ बाट सोमबार पाहुना टोली सिक्किम आक्रामक क्लब सेमिफाइनल प्रवेश गरेको थियो ।

cura insider

जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा १० टाेली सहभागि छन् ।  प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण कोशी अनलाइनले गरिरहेको छ ।

jackson ribon