fbpx

साढे चारलाख मुल्य बराबरको पटका नष्ट

विराटनगर, १९ कात्तिक । भारतबाट अबैध रुपमा आयात गरिएको पटका प्रहरीले नष्ट गरेको छ । तिहार तथा छठ पर्वका लागि भन्दै भारतबाट आयात गरिएको चार लाख ५३ हजार ५० रुपैयाँ बराबरको पटका नष्ट गरेको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकारहरूको उपस्थितिमा पटका नष्ट गरिएको हो ।

विभिन्न मितीमा नियन्त्रमा लिएर नष्ट गरेको पटकाको बजार मुल्य ४ लाख ५३ हजार ५० रूपैयाँ रहेको जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए ।

Loading...