fbpx

पत्रपत्रिकामा प्रदेश: लघुवित्तका कर्मचारीको कनेक्सन हतियार कारोवारीसँग,गोलभेंडा किलोको २५० रुपैयाँ

विराटनगर, १९ कात्तिक । प्रदेश १ को राजधानी विराटनगर र धरानबाट प्रकाशित हुने पत्रपत्रिकाले सातै प्रदेशकालागि नयाँ प्रदेश प्रमुख सिफारिस भएको, लघुबित्तका कर्मचारीको कनेक्सन हतियार कारोवारीसँग भएको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स दैनिकले जीवन विकास समाज लघुबित्त वितिय संस्थाका कर्मचारीसहित पक्राउ परेका दुई जनाको कनेक्शन हतियार कारोवारीसँग देखिएको समाचार प्रकाशित गरेको छ । एक थान पेस्तोल, दुईवटा म्यागजिन र एक राउण्ड गोलीसहित पक्राउ परेका मुकेशकुमार मण्डल र बिक्कीकुमार भगतको कनेक्सन हतियार कारोवार गर्ने गिरोहसँग देखिएको हो ।

पक्राउ परेका मुकेशकुमार जीवन विकास समाजको उदयपुर साखामा कार्यरत छन् । बिक्की भने विराटनगरको एक कपडा पसलमा काम गर्छन् ।

खोटाङमा गोलभेंडाको भाउ आकासिएको समाचार कान्तिपुर दैनिकले प्रदेश पृष्टमा प्रकाशित गरेको छ । खोटाङमा गोलभेंडा प्रति किलो २५० रुपैयाँमा बिक्री हुनथालेपछि कृषक हर्सित भएका छन् । तर उपभोक्ता भने चिन्तित बनेका छन् । रुपाकोट मझुवा गढीका कृषक गंगाबहादुर विश्वकर्माले बारीबाट नै प्रति किलो २५० रुपैयाँमा गोलभेंडा बिक्री भएको बताए ।

सोमबार विहान भएको सवारी दुर्घटनामा बुबा छोरीको मृत्यू भएको समाचार विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक, न्यू सृष्टि दैनिकले प्रकाशित गरेका छन् । भैंसी गाडीमा चढेर चुनावको प्रचार गर्ने विष्णु प्रसाईलाई नेकपाले प्रदेश प्रमुख बनाउने निर्णय गरेको समाचार सृष्टि दैनिकमा छ ।

उद्घोष दैनिकले नयाँ प्रदेश प्रमुख सिफारिस भएको, महरा जेल चलान भएकोसमाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

Loading...