विराटनगर, १९ कात्तिक । काठमाडौंबाट प्रकाशित हुनै सबै पत्रपत्रिकाले रौतहटका सांसद विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएकाे विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
निवर्तमान सभामुख कृष्णबहादुर महरा करणी प्रयासको अभियोगमा पूर्पक्षकालागि थुनामा राख्ने आदेश, नयाँ प्रदेश प्रमुख सिफारिसमा नेकपा भित्र विवाद सुरू भएकाे समाचार काठमाडाैंका पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
काठमाडौंबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकले आफैले बनाउन लगाएको बम बिष्फोट हुँदा घाइते भएकाहरुलाई जिउदै इटा भट्टामा जलाएको अभियोगसहित पूर्व मन्त्री तथा सांसद मोहम्मद अफ्ताव आलम विरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ । तर एक दर्जन भन्दा बढी मानिसलाई जिउदै जलाएको अभियोग लुकाउन भूमिका खेलेका तत्कालिन प्रहरीलाई भने उन्नुमक्ति दिइएको समाचार प्रकाशित गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डाक्टर गोबिन्द केसीले १७ औं पटक अनशन सुरु गरेका छन् । डडेल्धुरा पुगेका केसीले विभिन्न माग राख्दै अनसन सुरु गरेका हुन् । नयाँ पत्रिका दैनिकमा नै निर्वमान सभामुख कृष्णबहादुर महरा पूर्पक्षकालागि कारागार चलान भएको खबर छापिएको छ ।
नागरिक दैनिकले प्रदेश प्रमुख सिफारिसमा नेकपा भित्र विवाद देखिएको समाचार प्रकाशित भएको छ । पूर्व माओवादीबाट तीनजना र पूर्व एमालेबाट चार जना प्रदेश प्रमुख सिफारिस भएको थियो । तर माधवकुमार नेपालले आफ्नो कुरा नसुनेको बताउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।
कान्तिपुर दैनिकले महरा पूर्व प्रहरीप्रमुखसँगै सदरखोर कारागारमा रहेको समाचार प्रकाशित गरेको छ । नेकपामा माधवकुमार नेपालले फरक मत राखेको विषय कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ ।