birat ribon

च्याम्पियन्स लिग : आज ८ खेल हुँदै, बार्सिलोना र लिभरपुल पनि प्रतिस्पर्धामा (सम्पूर्ण जानकारी)

Neuro
च्याम्पियन्स लिग : आज ८ खेल हुँदै, बार्सिलोना र लिभरपुल पनि प्रतिस्पर्धामा (सम्पूर्ण जानकारी)

विराटनगर, १९ कात्तिक । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज ८ खेल हुँदैछन् । समूह चरणको चौथो राउण्डको खेलअन्तर्गत आज १६ वटा टोलीले एक–अर्कामाथि प्रतिस्पर्धा गर्दैछन् ।

cura insider

आजको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलका साथै दाबेदार क्लब बार्सिलोना, इटालियन क्लब नापोली, इन्टर मिलान, बोरुसिया डर्टमुण्ड, आयाक्स, चेल्सीजस्ता बलिया टोलीहरूले प्रतिस्पर्धा गर्दैछन् । आजको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक रिपब्लिक क्लब स्लाभिया प्रहासँग खेल्दैछ । नेपाली समयअनुसार राति ११ः४० बजेबाट सुरु हुने उक्त खेल बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुनेछ । समूह ‘एफ’ मा बार्सिलोना शीर्ष स्थानमा छ भने प्रहार पुछारमा छ । बार्सिलोनाले ७ अंक बनाउँदा प्रहासँग १ अंक छ ।

aahggfh

यस्तै आजको दोस्रो खेलमा रसियन क्लब जेनित र जर्मन क्लब आरबी लेइपीजले खेल्दैछन् । राति ११ः४० बजे नै हुने यो खेल जेनितको मैदानमा हुनेछ । समूह ‘जी’मा लेइपीज शीर्ष स्थानमा छ भने जेनित दोस्रो स्थानमा छ । आजको तेस्रो खेलमा साबिकको विजेता लिभरपुलले प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कसँग खेल्दैछ । यो खेल लिभरपुलकै घरेलु मैदानमा हुनेछ । समूह ‘ई’ मा लिभरपुल दोस्रो स्थानमा रहँदा जेन्क पुछारमा छ ।

चौथो खेलमा इटालियन क्लब नापोलीले अष्ट्रेलियन क्लब साल्जबर्गसँग खेल्दैछ । राति १ः४५ बजे नै हुने यो खेल नापोलीकै घरेलु मैदानमा हुनेछ । समूह ‘ई’ मै रहेको नापोली शीर्ष स्थानको टोली हो भने साल्जबर्ग तेस्रो स्थानको टोली हो । सोही समय हुने पाँचौँ खेलमा स्पेनिस क्लब भ्यालेन्सिया र फ्रेन्च क्लब लिलेले खेल्नेछन् । यो खेल भ्यालेन्सियाको मैदानमा हुनेछ । समूह ‘एच’मा भ्यालेन्सिया तेस्रो तथा लिले चौथो स्थानमा छन् ।

आजै हुने अर्को खेलमा फ्रेन्च क्लब लियोन र पोर्चुगिज क्लब बेन्फिकाले खेल्नेछन् । लियोनकै घरेलु मैदानमा हुने यो खेल पनि राति १ः४५ बजे नै हुनेछ । समूह समूह ‘जी’मा लियोन तेस्रो स्थानमा छ भने बेन्फिका चौथो स्थानमा छ । यसैगरी सोही समय हुने अर्को खेलमा इंग्लिस क्लब चेल्सीले डच क्लब आयाक्ससँग खेल्दैछ । चेल्सीको घरेलु मैदानमा यी दुईबीचको खेल हुनेछ । समूह ‘एच’मा चेल्सी शीर्ष स्थानको टोली हो भने आयाक्स दोस्रो स्थानको टोली हो ।

आजको अन्तिम खेलमा भने दुई ठूला टोलीेले प्रतिस्पर्धा गर्दैछन् । राति १ः४५ बजे नै हुने अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्ड र इटालियन क्लब इन्टर मिलानले खेल्दैछन् । डर्टमुण्डको घरेलु मैदानमा हुने यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । समूह ‘एफ’मा इन्टर दोस्रो तथा डर्टमुण्ड तेस्रो स्थानमा छ ।

jackson ribon