fbpx

७ वटै प्रदेशका प्रमुख नियुक्त,भोली सपथ ग्रहण गराइने

काठमाडौं १८ कात्तिक । ७ वटै प्रदेशका लागि सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १ सय ६३ को उपधारा (२) अनुसार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नियुक्तिको लागि नाम राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेसँगै मंगलबार (भोली) पद तथा गोपनीयताको सपथ गराइने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयमा मंगलबार बिहान ८ बजे सपथ ग्रहण गराउने तय भएको छ ।

Loading...