birat ribon

महरालाई डिल्लीबजार कारागार पुर्याइयो

Neuro
महरालाई डिल्लीबजार कारागार पुर्याइयो

काठमाडौं १८ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पुर्याइएको छ ।

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरालाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्ने आदेश दिएपछि पुर्पक्षको लागि सोमबार डिल्लीबजार कारागार पुर्याइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हो ।

cura insider

अदालतको आदेशमा घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले पुर्पक्षका लागि थुनामा पठाउने उल्लेख भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए । अब उनी मुद्धाको फैसला नभएसम्म डिल्लीबजार जेलमा रहने छन् ।

संंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई पक्राउ गरिएको हो । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो ।

jackson ribon