birat ribon

बाँदर धपाउन हानेको भरुवा बन्दुकको छर्रा लागेर एकको मृत्यु

Neuro
बाँदर धपाउन हानेको भरुवा बन्दुकको छर्रा लागेर एकको मृत्यु

संखुवासभा १८ कात्तिक । बाँदर धपाउन हानेको भरुवा बन्दुकको छर्रा लागेर संखुवासभामा एक जनाको मृत्यु भएको छ ।

cura insider

संखुवासभाको मोलुङ गाउँपालिका ३ को थुम्किमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । बन्दुक छर्राले लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लैजाने क्रममा सिन्धुलीमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बाँदर धपाउन गएकामध्ये २१ वर्षीय चित्रबहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको बताए । बाँदर धपाउन गएका २२ वर्षीय सबिन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ फरार छन् ।

प्रहरीले दुई थान भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको छ। घटना गत आइतबारको भएपनि प्रहरीले भने अबेरमात्रै जानकारी पाएको थियो । बाँदर धपाउन लालमानसँगै एक समूह भरुवा बन्दुक लिएर गएको थिए । यसैबीच बन्दुक पड्किएर तामाङको देब्रे तिघ्रामा लागेपछि उनी घाइते भएका थिए ।

घटनापछि प्रहरीलाई खबर नै नगरी शव घरतर्फ ल्याउँदै गर्दा प्रहरीले सोमबार दिउँसो सिद्धिचरण नगरपालिका ११ बाट नियन्त्रणमा लिइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।

jackson ribon