birat ribon

पेट्रोलियम पदार्थको सम्भावना पत्ता लगाउन सर्भे हुने

Neuro
पेट्रोलियम पदार्थको सम्भावना पत्ता लगाउन सर्भे हुने

दैलेख १८ कात्तिक । नेपाल तथा चीन सरकारसँग भएको सम्झौतापछि पेट्रोलियम पदार्थको सम्भावना देखिएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र बनाइएको छ ।

दैलेखको डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक चिनियाँ प्राविधिक टोली तथा कामदारको लागि क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढाइएको छ । टोलीले चरणमा सर्वेको काम गर्ने छ । जसका लागि सदरमुकाममा कार्यालय स्थापना गरिएको छ । अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने छ ।

cura insider

अन्वेषण गर्न त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि पदपुर्तिको सचना प्रकाशन गरेको छ । दैलेखकै बासिन्दालाई काममा प्राथमिकता दिइने प्रालिका सूर्यमणि लामिछानेले बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढाइएको छ ।

पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिङ्गो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्माले बताए ।

jackson ribon