birat ribon

कुन प्रदेशमा, को प्रदेश प्रमुख ?

Neuro
कुन प्रदेशमा, को  प्रदेश प्रमुख ?

काठमाडौं १८ कात्तिक । मन्त्रिपरिषदको सोमबारको बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको छ ।

कास्कीका अधिकारी प्रदेश १ का प्रदेश प्रमुखको लागि सिफारिस हुँदा बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखको लागि मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको हो ।

cura insider

सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् ।

jackson ribon