fbpx

कश्मीरमा ग्रिनेड हमला, १ जनाको मृत्यु १५ जना घाइते

कश्मीर १८ कात्तिक । भारत प्रशासित कश्मीरको श्रीनगरमा भएको ग्रिनेड हमलामा एक जनाको मृत्यु भएको छ । हमलामा एसएसबीको ३ जवान र १५ जना सर्वसाधारण घाइते भएका छन् । श्रीनगरको हरि सिंह राजमार्गमा हमला भएको थियो ।

श्रीनगरका एसएसपी हसीब मुगलले बम विस्फोटमा परेर एक जनाको मृत्यु भएको र १५ जना सर्वसाधारण घाइते भएको बताए । विस्फोटपछि श्रीनगरको सुरक्षा कडा बनाइएको छ । सुरक्षाकर्मी जाँचमा लागेका छन् ।

बम हमलामा मृत्यु हुने भारतको उत्तरप्रदेशको नागरिक रहेको प्रहरीले जनाएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । गत अगस्टमा केन्द्र सरकारले कश्मीरको विशेष राज्यको दर्जा हटाउने निर्णय गरेपछि कश्मीरमा ३ महिनायता तनाव जारी छ ।

Loading...