fbpx

दिल्लीको प्रदुषण नियन्त्रणमा राज्य असफल

नयाँ दिल्ली १८ कात्तिक । भारतको सर्वाेच्च अदालतले वायु प्रदूषणको कारण बाच्न पाउने आधारभुत अधिकारको गम्भीर उल्लंघन भएको भन्दै राज्य सरकार र स्थानीय निकाय जिम्मेवारी निर्वाह गर्न असक्षम भएको बताएको छ ।

दाउरा तथा गोबार लगायतका बस्तु जलाउने तथा सबारीको कारण प्रदूषण बढेको भन्दै सर्वाेच्च अदालतले पंजाब, हरियाणा र उत्तर प्रदेशलाई समेत सचेत गराएको छ । यस्तै फोहोर जलाउने काम गरे पनि पाँच हजार रुपैयाँ जरिवाना गर्न निर्देशन दिएको छ ।

अदालतले केन्द्र सरकार र दिल्ली सरकारलाई विशेषज्ञको सहयोगमा प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम उठाउन निर्देशन दिएको छ । अरु १५ दिन यस्तै अवस्था रहने भन्दै यस्तो प्रदूषणमा बाच्न सक्ने अवस्था नरहने अदालतले जनाएको छ ।

Loading...