birat ribon

बेलबारी ११ लाई हराउँदै सिक्किम सेमिफाइनलमा

Neuro
बेलबारी ११ लाई हराउँदै सिक्किम सेमिफाइनलमा

विर्तामोड १७ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपअन्तर्गत आक्रमक फुटबल क्लब सिक्किमले सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको प्रतियोगिताको तेस्रो खेलमा सिक्कमले बेलबारीविरुद्ध ३–२ गोलको जित निकालेको हो ।

cura insider

विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भएको उक्त खेलमा सिक्कमलाई जिताउन रोहन राईले २ तथा करण राइले एक गोल गरे । यता, पराजित टोली बेलबारीका लागि किरण लिम्बू र विक्रम सुब्बाले समान एक–एक गोल गरे ।

aaa

सिक्किमले सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । बेलबारीका लागि किरण लिम्बूले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा गोल गर्दै पहिलो हाफभरि बेलबारीलाई १–० गोलको अग्रता बनाए ।

तर, खेलको ५८औं मिनेटमा रोहन राईले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । रोहनले गणेश लिम्बूको पासमा गोल गरेपछि सिक्किम १–१ गोलको बराबरीमा फर्किएको थियो । यस्तै खेलको ६२औं मिनेटमा रोहनले दोस्रो गोल गरे । सत्यमको पासमा गोल गर्दै रोहनले टोलीलाई अग्रता दिलाए ।

यस्तै खेलको ६७औं मिनेटमा बेलबारीका विक्रम सुब्बाले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । तर, खेलको ८५औं मिनेटमा सिक्किमका करण राईले गोल गर्दै टोलीलाई जिताए । यस गोलसँगै करण यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका छन् । अघिल्लो खेलमा ४ गोल गरेका करण बेलबारीविरद्ध गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन् ।

यस जितसँगै सिक्किमले सेमिफाइनलमा स्थान बनाउनेछ । सिक्कमले उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई हराएको थियो । आयोजक जायोन स्पोट्र्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतीय क्लब सिक्किम आक्रामक क्वार्टरफाइनल प्रवेश गरेको थियो । तर, यो जितपछि ऊ सेमिफाइनल पुग्न सफल बन्यो ।

अब, भोलि हुने खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् । जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

jackson ribon