birat ribon

निवर्तमान सभामुख महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

Neuro
निवर्तमान सभामुख महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं, १८ कात्तिक । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षकालागि कारागार चलानको आदेश दिएको छ ।

cura insider

जवरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका महरालाई दुई दिनको थुनछेक बहसपछि सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । महरालाई डिल्लीबजार कारागारमा राखिनेछ ।

संसद सचिवालयकी कर्मचारीलाई करणी प्रयास गरेको अभियोगमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राखेर मुद्दाको प्रकृया अघि बढाउन आदेश दिएको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

jackson ribon