fbpx

मन्त्री र जनप्रतिनिधि गौ सेवामा

रंगेली १८ गते । गोपाष्टमीको अवसरमा प्रदेश १ का मन्त्रीदेखि जनप्रतिनिधिले पनि गाईको सेवा गरेका छन् । अष्टमीको अवसरमा विराटनगर–१४ मा रहेको श्री कृष्ण गौ सेवा सदनमा रहेका गाईलाई घाँस, अन्न ख्वाएर सेवा गरेका हन् ।

aa

गाईको सेवा गर्न प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रदेशसभा सदस्य जयराम यादवलगायत पुगेका थिए ।

कृष्ण भगवानका गाई ब्रम्हाले फिर्ता गरेको दिनको सम्झनामा गोपाष्टमी मनाउने गरेको लक्ष्मीनरायण अधिकारीले बताए । उक्त दिनको सम्झनामा आज गाएको पूजा गर्ने खान दिने गरेको उनले बताए ।

aa

गाईको सेवा गर्न श्रीकृष्ण गौ सेवा सदनमा विराटनगरका मारवाडी समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त समुदायका व्यापारी उद्योगीहरूले गाईलाई विभिन्न खानेकुरा दिएका थिए । सदनमा अहिले २ सयभन्दा बढी गाईको संख्या रहेको छ ।

Loading...