fbpx

मानिसले नङ टोक्नुका कारणहरू

विराटनगर, १८ कात्तिक । धेरैजसो मानिसको नङ टोक्ने बानी हुने गर्छ । नङ टोक्ने बानी एकदम खराब हो । नङ टोक्ने मानिसलाई फोहोरीसमेत भनिने गरिन्छ । अनुसन्धान तथा विभिन्न रिपोर्टहरूका अनुसार संसारमा लगभग ६० करोड मानिसहरू नङ टोक्ने गरेको पाइएको छ ।

नङ तोक्ने तथा चपाउने बानीबाट सबभन्दा बढी प्रभावित हुने भनेको १४ देखि २५ वर्षका युवाहरू हुन्, जसमा ३४ प्रतिशत महिला र ६६ प्रतिशत पुरुषहरू पर्दछन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू तनाव, चिन्ता, डिप्रेसन, केही काम नहुँदा, अल्छी तथा बोर हुँदा अनायासै नङलाई टोक्ने गर्छन् ।

नङ चपाउनु गलत हो भनेर थाहा हुँदाहुँदै पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ र अहिले आएर त यो एउटा प्रवृत्ति नै बनिसकेको छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताउँदै आएका छन् । नङ चपाउनु मानिसले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिरहेको हुन्छ ।

नङ टोक्नु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा, डर तथा रिस उतार्नका लागि समेत नङ टोक्ने गर्छन् । नङ टोक्ने मानिसहरू अतिवादको (आफ्नै सोचमा हराउने) शिकार हुन्छन् । अत्यधिक महत्त्वाकांक्षा भएका तथा आफूलाई बेकामे ठान्ने मानिसले नङ टोक्ने गर्छन् ।

अनुसन्धानले ९० प्रतिशत नङ टोक्ने मानिसहरूले आफूभित्र हीन भावना पालिरहेको हुन्छ भन्ने कुरा पनि पत्ता लगाएको छ । साथै नङ टोक्ने मानिसको मुखमा धेरै ब्याक्टेरिया हुने गर्छ जुन नङबाट सरेको हुन्छ । जसले गर्दा हैँजा, पखालालगायतका विभिन्न रोगहरू सर्न सक्ने सम्भावना हुने गर्छ । नङ टोक्दा नङको मूल आकार पनि बिग्रिँदै जान्छ ।

Loading...